रूस–युक्रेन युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

छिनोफानो   आइतबार ०१, पुष २०८० ०४:५०

काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।  गैरकानुनी बाटो प्रयोग गरी नेपालीहरू रूसी र युक्रेनी सेनामा भर्ना भएका र केही नेपालीको ज्यान गएकोे, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू सेनामा कार्यरत रहेका खबर र जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने विषय आयोगलाई सरकारलाई स्मरण गराएको छ । युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याइ आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन र घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ ।

यस्तै, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा गैरकानुनी बाटोबाट विदेश जाने अवस्थाको अन्त्य गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु