बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

छिनोफानो   आइतबार ०१, पुष २०८० ०८:१०

बाजुरा —बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतवार साँझ ५ बजेतिर मार्तडीबाट घटमुना तर्फ जाँदै गरेका सुपप्रप ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्वरका ट्याक्टर बडमिालिका नगरपालिका २ को भौनेरा नजिकै दुर्घटना भएको हो ।
याे समाचार तयार पार्दासम्म ट्याक्टर दुर्घटनामा परेर गाैमलु गाउँपालिकाका बर्ष ३३ का ड्राइभर हिक्मत रोकाया, बडिमालिका नगरपालिका २ का बर्ष ३८ का देवराज जोशी, बडिमालिका नगरपालिका १ का बर्ष ३५ का चन्द्र बहादुर  दानी र बडिमालिका २ की बर्ष ३० की किर्ति रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरीको टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । badimalika khabar sabhar 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु