भारतसँगको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी

छिनोफानो   बुधबार ०४, पुष २०८० ०७:१२

काठमाण्डौ – भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ । गएराति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भयो । यो सँगै तीन खेलको एक दिवसीय शृङ्खला एक/एकको बराबरी भएको छ ।

जितका लागि दुई सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२ ओभर ३ बलमा दुई विकेट गुमाउँदै विजयी भयो । उसका टोनी डी जोर्जीले अविजित एक सय १९ रनको शतकीय पारी खेले । रिजा हेन्ड्रिक्सले ५२ रन बनाए । रास्सी भान डर डुसेन ३६ रनमा आउट भए । 

त्यसअघि तीव्र गतिका बलर नान्द्रे बर्गरको उत्कृष्ट बलिङमा भारतले दक्षिण अफ्रिकालाई २ सय १२ रनको लक्ष्य दिएको थियो । सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङ गरेको भारत ४६ ओभर २ बलमा २ सय ११ रनमा अलआउट भयो ।

भारतका साइ सुदर्शनले सर्वाधिक ६२ रन बनाए । लोकेश राहुलले ५६ रन बनाए । अन्य कुनै पनि भारतीय खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले ३ विकेट लिए । बेउरान हेन्ड्रिक्स र केशव महाराजले दुई/दुई विकेट लिए । तेस्रो तथा निर्णायक एकदिवसीय खेल भोलि हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु