मेरो छोरीहरुको बिरोध संबिधान-सिष्टम-गणतन्त्र र लोकतन्त्रबिरुद्धको हमला हो : प्रधानमन्त्री

छिनोफानो   बुधबार ०४, पुष २०८० १०:३०

काठमाडौं, पुस ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आफ्नो दुई छोरीबिरुद्धको आक्रमण गणतन्त्रबिरोधी हर्कत रहेको दावी गर्नुभएको छ ।

एनसेलको शेयर खरिदबिक्रिसहित पछिल्लो पटक भइरहेको ठूला घोटालामा प्रधानमन्त्री दाहालकी छोर रेनु दाहाल र गंगा दाहालको संलग्नता रहेको समाचार बाहिरआएपछि प्रधानमन्त्री दाहालले यस्तो दावी गर्नुभएको हो ।

मंगलवार संसदको राज्यब्यवस्था समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले आफ्नो परिवारमा सवै घटेर आफूसहित तीन जना मात्र रहेको भन्दै छोरीहरुमाथिको आक्रमण गणतन्त्रबिरोधी हर्कत भन्नुभयो ।

एउटा भरतपुर महानगरपालिकाको मेयर छ, हामी सवैलाई थाह छ । ऊ उतै बढी इन्गेज हुन्छ । एउटा छोरी छ, बिचरा, त्यो कस्ती छ तपाइहरुले थाहपाउनु भएकै छ । उसलाई जोडेर चाँहि बनाको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो कन्स्टिच्यूशन, सिष्टम, गणतन्त्र, लोकतन्त्रबिरुद्धको हमला हो


सांसदहरुको प्रश्नको जवाफ दिँदै दाहालले भन्नुभयो, ‘मेरो परिवारको सदस्य घटदै गएर तीन जना रहेका छौं । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, हामी सवैलाई थाह छ । ऊ उतै बढी इन्गेज हुन्छ । एउटा छोरी छ, बिचरा, त्यो कस्ती छ तपाइहरुले थाहपाउनु भएकै छ । उसलाई जोडेर चाँहि बनाको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो कन्स्टिच्यूशन, सिष्टम, गणतन्त्र, लोकतन्त्रबिरुद्धको हमला हो ।’

प्रधानमन्त्री दाहालले पछिल्लो समय नेपालमा नेपालमा केही नगर्ने बिदेशमा गएर ट्वाइलेट पनि सफा गर्नेहरुको समुह ठूलो देखिएको भन्दै बिदेश जानेहरु सवै रोजगारी नै नपाएर गएको भन्ने कुरामा आफू पूर्णरुपमा असहमत रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु