राष्ट्रिय सभा चुनावको लागी निर्वाचन आयोगले मतदानस्थल तोक्यो, सुदूरपश्चिमका लागि प्रदेश सभा भवन

पवन भण्डारी   शुक्रबार ०६, पुष २०८० ०९:४५

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावको लागी निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । आयोगले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी लाई मतदानस्थल तोकेको हो । 


सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । सुदूरपश्चिम प्रदेशमा जम्मा मतभार ६१५३ रहेको छ । सुदूरपश्चिममा १७६ स्थानीय तहका जनप्रतिनिधि छन । उनीहरुको ३३४४ जम्मा मतभार हुन्छ । स्थानीय तहका एक पदाधिकारीको मतभार १९ हुन्छ ।


सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्यहरू छन्। उनीहरुको जम्मा मतभार २८०९ हुन्छ । आयोगले प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुईरदुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको गरेको आयोगका प्रवक्ता शर्मा पौडेलले बताए । आयोगले ७ प्रदेशमा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको उनले बताए  ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु