मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

छिनोफानो   आइतबार ०८, पुष २०८० ०९:२०

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ' इ' गाउँमा शनिवार राति पौने १० बजे मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर- १२ जुगेडाका २८ वर्षीय पुष्पबहादुर कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक  कुलदिप चन्दले  से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको धनगढीखबरलाई बताए  ।

दुर्घटनामा घाइते भएका कामीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको  डिएसपी चन्दले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु