धनगढी उपमहानगरपालिका बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर

छिनोफानो   आइतबार ०८, पुष २०८० ०४:३२

धनगढी । धनगढी उपमहानगरपालिका बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर भएको छ । उपमहानगरपालीका ले ल्यायको जग्गा प्लटिङ कार्यविधिको बिरोध सँग सँगै सर्वोच्चमा रिट दायर भएको हो । धनगढी उपमहानगरपालिका तथा नगर प्रमुखलाई बिपक्षी मान्दै जग्गा ब्यावसायीका अध्यक्ष उपेन्द्र प्रसाद अवस्थीले मुद्दा दायर गरेका छन ।

 प्रतिबादीकाके रुपमा रहेको नगरपालीकाका  नगर प्रमुखलाई पौष ११ गते अदालतमा उपस्थीत हुन अदालतबाट जारी पत्रमा भनियको छ । जग्ग्गा प्लटिङ सम्बन्धी कार्यविधिको प्रस्तावनामा ‘जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई अनिवार्य व्यवस्थित गर्नुपर्ने भई धनगढी उपमहानगरपालिकाको सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ५ को खण्ड(क) लाई समेत आधार बनाई धनगढी उपमहानगरपालिकाले ‘धनगढी उपमहानगरपालिका जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० बनाई लागु गरिएको छ’, भन्ने उल्लेख गरिएको छ । सोही कार्यबिधि को बिरोध गर्दै कार्यपालीका सदस्यहरुले आईतबार पत्रकार सम्मेलन समेत गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु