धनगढी उप–महानगरपालिकाका बिबाद : मेयरले एकलौटी निर्णय गरेको कार्यपालिका सदस्यहरूको आरोप

छिनोफानो   आइतबार ०८, पुष २०८० ०४:५२

जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्डमा मेयर हमालले एकलौटी निर्णय गरेको धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरूले विरोध जनाएका छन । आइतबार उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यपालिका सदस्यहरूले जग्गा प्लटिङ सम्बन्धी नयाँ मापदण्डमा मेयर हमालले एकलौटी गरेको आरोप लगायका हुन ।

मङ्सिर २४ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा मेयरले एजेन्डा बिना धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि २०८० को प्रस्ताव प्रवेश गराएको कार्यपालीका सदस्यहरुको आरोप छ ।

जग्गा सम्बन्धी कार्यविधिमा प्रस्तावमा आफूहरूलाई पर्याप्त छलफल नै गर्न नदिएर राजपत्रमा प्रकाशित गरेको वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्काले बताए । ‘बहुमत सदस्यहरूले पारित गरेपछि मात्रै उक्त कार्यविधि पारित हुनुपर्ने बताउदै खड्काले भने हामीले त्यस दिन यसमा थप छलफल आवश्यक छ भनेका थियौँ’ । तर मेयरले ‘हामीले पारित नै नगरेको कार्यविधि एकलौटी गरेर राजपत्रमा प्रकाशित गर्नु भया खड्काले भने । 


उनले पैतृक सम्पत्तिमा र २० फिटको सडकका विषयमा के गर्ने,भन्ने विषयमा विवाद भएको हुँदा अर्को बैठकमा छलफल गर्ने सहमति हुँदाहुँदै राजपत्रमा प्रकाशित गरेको भन्दै मेयरको विरोध गरे । 
एक साता बढी समय देखी आफूहरूले उक्त कार्यविधिमा विरोध जनाउँदा पनि मेयरले चासो नदिएको उनको गुनाँसो थियो । 

पत्रकार सम्मेलनमा वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले आफूहरूलाई मेयर हमालले कार्यपालिका बैठकमा बोल्न समेत नदिने गरेको गुनासो गरे । लामो समय देखी मेयरलाई समस्या समाधान गर्न बोलाउँदा पनि आलटाल गर्ने गरेको उनले गुनासो पोखे । 

वडा नम्बर १ का अध्यक्ष सन्तोष मुड्भरीले जग्गा सम्बन्धी कार्यविधि २०८० प्रक्रिया नै नपुराएर राजपत्रमा प्रकाशित गरिएको आरोप लगाए ।  
मङ्सिर २५ गते राजपत्रमा प्रकाशित भएको कार्यविधिबारे सुरुबाटै विरोध भइरहेको छ । यस विषयमा केही दिन पहिले बहुमत कार्यपालिका सदस्यहरूले खारेजीको प्रस्ताव पनि दर्ता गराएका छन । तर, त्यसपछि बैठक भने बस्ने सकेको छैन । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु