बझाङमा एक युवक मृत अवस्थामा फेला

छिनोफानो   सोमबार ०९, पुष २०८० ०९:१३

बझाङ । बझाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय कलक कठायत आइतबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार उनी सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका थिए।  मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु