प्रधानमन्त्री कप : कर्णाली र लुम्बिनी, बाग्मती र सुदूरपश्चिम, एपीएफ र काेशी तथा गण्डकी र मधेस खेल्दै

छिनोफानो   सोमबार ०९, पुष २०८० ०९:१९

काठमाण्डाै - प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् ।

कीर्तिपुरमा अहिले साढे ९ बजे कर्णाली र लुम्बिनी प्रदेश तथा मूलपानीमा गण्डकी र मधेस खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा बाग्मती र सुदूरपश्चिम तथा मूलपानीमा एपीएफ र कोशी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् ।

पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लगातार तीन खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ६ अङ्क छ ।

त्यस्तै, दुई/दुई खेल जितेका सुदूरपश्चिम र बाग्मती समान चार अङ्कसहित क्रमशः तेस्रो, चौथाे स्थानमा छन् । यस्तै, एक /एक खेल जितेका गण्डकी र लुम्बिनी समान दुई अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार तीन  खेल हारेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु