आज मौसम कस्तो रहनेछ

छिनोफानो   बुधबार ११, पुष २०८० ०८:०२

जल तथा मौसम विज्ञान विभागले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज दिउँसो र राति पनि कोशी, बागमती र गण्डकीका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु