अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजबाट सुरु

छिनोफानो   सोमबार १६, पुष २०८० ०९:०६

काठमाडौं ।  ग्रेगोरियन पात्रोअनुसार आज ९सोमबार०देखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्‌को सुरुआत भएको भन्ने भनाइ रहेको छ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। 

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। 

अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन्। इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु