पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्ने आदेश दिनुकाे ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश

छिनोफानो   मङ्गलबार १७, पुष २०८० ०७:४१

काठमाण्डाै – सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ ।

साेमवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रायमाझी र पाण्डेलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

थुनामै राखेर मुद्दाको प्रक्रियाअघि बढाउन माग गर्दै उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । त्याे निवेदनमाथि सुनुवाइ गर्दै अदाललते कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

यस प्रकरणमा पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालत काठमाण्डाैले थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालतको त्यही आदेशलाई उच्च अदालत पाटनले सदर गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु