चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुदा २० लाँख बराबरको क्षती

पवन भण्डारी   मङ्गलबार १७, पुष २०८० ०८:३४

कैलालीको धनगढी उपमहानगरपालिका १ शान्तिनगर स्थित एक सप्लायर्समा आगलागी हुदा करिब २० लाँख बराबरको क्षती भएको छ । सागर सम्शेर राणाले सञ्चालन गरेको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा बिद्युतको तार सर्ट हुन गई आगलागी भएको प्रहरीले जनायको छ ।

आगलागी बाट पसल भित्र रहेको खाद्यान्न, किराना सामान तथा पेय पदार्थ  साथै पसल भित्र पार्किंङ गरिराखेको स्कुटि समेत जलेर नष्ट भएको प्रहरीले जनायको छ । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लियको थियो ।आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तेसै गरि  दार्चुलाको नौगाड गा.पा.६ धुलिगडा मझगाँउ स्थित जयसिंह धामीको घरमा आगलागी भएको छ । धामीको ढुङ्गा माटोले बनेकोे २ तले ६ कोठे घरमा बिजुलिको तार सट भई सोमबार दिउँसो आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जली नष्ट भएको प्रहरीले जनायको छ  । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु