मंगलसैन बजारमा जडान गरियका सिसीटिभी क्यामरा नै गायब, नगरपालिका र प्रहरी बेखबर

पवन भण्डारी   बुधबार १८, पुष २०८० ११:४३

पवन भण्डारी,धनगढी । अछामको मंगलसेन नगरपालिकाले निगरानीको लागी बजार क्षेत्रमा राखेका सिसी क्यामरा नै गायब भएका छन । मंगलसेन बजारको निगरानी गर्न राखिएका क्यामेरा नै गायब भएको भएपनि नगरपालिका र प्रहरी बेखर रहेको छ ।

बजार क्षेत्रको सुरक्षा तथा निगरानीको लागी राखीयका सिसी क्यामरा बर्षौ देखि मर्मत समेत नभएको र हाल क्यामरा समेत गायब भएको भन्दै स्थानीय व्यापारी खेमाज ढुंगानाले सामाजिक सञ्जालमा राखेका छन ।


मंगलसैन नगरपालिकाले मंगलसैन बजार र ठुलासेन बजार गरि दुई ठाँउमा सिसि क्यामरा जडान गरेको  थियो  । क्यामरा जडान पछि नगरले यस्को जिम्मा प्रहरीलाई दिएको थियो । तर प्रहरीको निगरानीमा रहेको क्यामरा गायब हुनु दुःखद कुरा भएको स्थानीय व्यापारी ढुंगानाले बताए । उनले भने हामीले यो बिषयमा पटक पटक कुरा उठायका हो तर सुनुवाई नै भएन ।


मंगलसैन नगरपालिका प्रमुख पदम बहादुर बोहोराले सिसीटिभी क्यामरा गायब बारे आफु लाई कुनै  जानकारी नभएको बताए । उनले भने “मलाई अहिले सम्म यो बारे कुनै जानकारी छैन,अहिले यो गायब बारे बुझ्छु ।” 
मर्मतका लागी प्राबिधिक खोज्न भनेका बताउदै बोहोराले भने मर्मत गर्ने तयारीमा छौ । आफुहरुले ठुलासैन बजार र मंगलसैन बजारमा गरि दुई ठाँउमा सिसिटिभि क्यामरा जडान गरेको मेयर बोहोराले बताए ।


 जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी सन्तोस पाठकले “सिसीटिभी क्यामरा चोरी बारे आफु लाई कुनै जानकारी नभएको बताए ।” उनले भने यो बारे हामी लाई कुनै जानकारी छैन बुझेर खवर गर्छु ।
नगरपालिका लाखौँ लगानी गरेर नगरका दुई बजार क्षेत्रमा क्यामरा जडान गरेको थियो । तर क्यामरा जडान भएको दुई तिन महिना मात्र चलेको  त्यस पछि बन्द रहेको स्थानीयबासीको भनाई छ ।

प्रहरीको निगरानीमा रहेका क्यामरा गायब भएपछि स्थानीयबासीले प्रहरी र नगरपालिकाको चर्को आलोचना समेत गरेका छन । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु