कैलाली जिल्ला न्यायधिश अर्याल उच्च अदालतमा नियूक्त

छिनोफानो   बिहिबार १९, पुष २०८० ०९:१९

धनगढी । कैलाली जिल्ला अदालतका न्यायधिश ओमप्रसाद अर्याल उच्च अदालतमा नियूक्त भएका छन् ।

न्याय परिषद्‌ले अर्यालसहित उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो। बुधबार बसेको परिषद्‌को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको जनाइएको छ ।

यस्तै जिल्ला अदालत बैतडीका न्यायधिश जयानन्द पनेरु पनि उच्च अदालतमा नियूक्त भएका छन् । 

अर्याल र पनेरुसंगै जिल्ला अदालतका न्यायाधीशबाट २६ जना उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन्। 

यस्तै परिषदले उच्च अदालत दीपायलमा कार्यरत न्यायधिश गणेश ठकुरीलाई उच्च अदालत विरगञ्ज सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु