५ किलो भन्दाबढी लागूऔषध चरेससहित कञ्चनपुरबाट एक जना पक्राउ

छिनोफानो   सोमबार २३, पुष २०८० ०१:३१

धनगढी । कञ्चनपुरमा ५ किलो भन्दा बढी लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागू औषध चरेससहित बझाङको केदास्युँ गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय नर बहादुर धामी पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा धामीले बोकिराखेको झोलाबाट लागू औषध  फेला पारेको हो  ।

 उनलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु