नट बोल्ट नकसिएका कारण अमेरिकामा उडिरहेकाे विमानबाट झ्याल खसेकाे पाइयाे

छिनोफानो   मङ्गलबार २४, पुष २०८० ०७:१७

अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएको घटनामा छानबिन हुँदा नट बोल्ट राम्रोसँग नकसिएको पाइएको छ । विमान बोइङ ७३७ म्याक्स ९ एसको निरीक्षणको क्रममा नट बोल्टहरु खुकुलो रहेको पाइएको निरीक्षणमा सहभागी युनाइटेड एअरलाइन्सले जनाएको छ ।

गएको शुक्रवार अमेरिकाको ओरेगनबाट ओन्टारियो गइरहेको अलास्का एअरलाइन्सको विमानमा हावाको प्रेसरले विमानको एक भाग भाँचिएर छुट्टिएको थियो । तर विमान सकुशल अवतरण भएको थियो । त्यसपछि युनाइटेड एअरलाइन्सले विमानको निरीक्षण गरेको हो ।

विमानले फेरि सेवा शुरू गर्नुपूर्व विमानका सबै पार्ट्सहरू जाँच गरिने एअरलाइन्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले विज्ञप्ति निकालेर दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु