भारतको हरियाणाबाट नेपाल फर्केका कैलालीका युवक सम्पर्क बिहिन,खोजिकार्यमा सहयोग गरिदिन अपिल

छिनोफानो   मङ्गलबार २४, पुष २०८० ०७:३४

भारतको हरियाणा बाट नेपाल जान्छु भनि निस्केका कैलालीका युवक सम्पर्क बिहिन बनेका छन । जिल्लाको मोहोन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिष्णुमा बस्ने २० का मिलन रिमाल सम्पर्क बिहिन बनेका हुन ।

पुष १८ गते अर्थात जनवरी ३ तारिक भारतको हरियाणा राज्यको रोहतक जिल्ला रामकोपाल कलोनीबाट नेपाल जान्छु भनी निस्केका रिमाल हाल सम्म घरमा पनि नपुगेको र भारतमा रहेका आफन्तको सम्पर्कमा समेत नरहेकोले खोजि कार्यका लागी सहयोग गरिदिन परिवारजनले आग्रह गरेको छ ।

भारत बाट निस्किदा हातमा करिब १० हजार पैसा रहेको तर मोबाईल साथमा नरहेको हाल सम्म नेपाल घर तथा भारतमा कसैको सम्पर्कमा न आयको ले देख्नु हुने महानुभावले सम्पर्क गरिदिन उनका दाजु पे्रम रिमालले आग्रह गरेका छन  । भारतका लागि सम्पर्क प्रेम रिमाल 7206304015 शिवराज भण्डारी 7023332860 नेपालको लागि 9864640926

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु