नगरप्रमुख बोहोराले उद्घाटन गरेको ग्याँसप्लान्ट दुई दिनमै बन्द,छ महिना सम्म पनि सञ्चालन भयन

पवन भण्डारी   बिहिबार २६, पुष २०८० ०६:५१

पवन भण्डारी,धनगढी । मंगलसैन नगरपालिकाले सञ्चालनमा ल्यायकोे बायोग्याँस उद्घाटन गरेको केही दिन मै बन्द भएको स्थानियले बताएका छन । नगर प्रमुख पदम बहादुर बोहोराले गत श्रावण महिनामा एक कार्यक्रमका बिच सो बाँयोग्याँस प्लान्टको उद्घाटन गरेका थिए ।


    मंगलसेन नगरपालिका वडा नम्बर–६ तेसिङ्गेमा निर्माण गरिएको ‘डम्पिङ साइटमा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गर्ने  लक्ष्य रहेको थियो भने मंगलसेन नगरपालिकाले संकलित फोहरबाट बायोग्याँस उत्पादन गरेको थियो । 

 नगरपालिकाको पहलमा बायोग्याँस प्लान्ट सञ्चालनमा आएपछि स्थानीयहरु निकै हर्षित भएका थिए भने मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराको उक्त कामको कदर गर्दै स्थानीयहरुले निकै प्रशंसा समेत गरेका थिए । तर केहि दिनको खुसी पश्चात स्थानीयहरु पुनः निरासामा परिणत हुन पुगे ।  

    बायो ग्यास संचालनका बिषयमा स्थानिय खण्टि भण्डारीले भनिन– ‘नगरप्रमुख बोहराले उद्घाटन गरेको एक दिन मात्र ग्याँस बलेको थियो । तर हालसम्म पनि बायोग्यास प्लान्ट संचालनमा आएको छैन । खाना पकाउन जोडेका चुला समेत त्यतिकै छन ।

यसैगरी अर्का स्थानीय नन्दराम भण्डारीको गुनासो समेत त्यस्तै छ । खाना पकाउन सहज हुने सोच्दै ५ घरधुरीमा ग्याँस पापलाईन जोडेका थियौं । तर हालसम्म बाँयोग्याँस संचालनमा नआएकोले खिन्न लाग्यो ।

सो सम्बन्धमा मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीको तर्क भने भिन्नै छ । बायोग्याँस प्लान्ट निर्माण त भयो तर आवश्यक्ता अनुसार गोबर संकलन हुन नसक्दा यो प्लान्ट बन्द भएको हो । यो समस्या नगरपालिका सँग समन्वय गरेर छिट्टै समाधान गर्ने छु । 


    बायोग्याँस प्लान्ट बारे थप कुरा बुझ्न खोज्दा मंगलसेन नगरपालिकाका इन्जिनियर खम्म केसीले बायोग्याँस प्लान्ट बन्द बारे आफुलाई जानकारी समेत नभएको बताए । उनले भने “सुरुमा सञ्चालन गर्दा नै गोबरको कमी थियो त्यो बेला थोरै बाट परिक्षण गरेका हौ” ।  पुरा  टयांकी भएमा पुरै बस्ती लाई पुग्ने भन्ने थियो तर गोबर भएन सायद सोही कारणले बन्द भएको हुन सक्छ । उनले सोही बिषयमा थपे बायोग्याँस प्लान्टमा लागत बाहिर प्रचार भएजति नभएको भन्दै नगरपालिकाको करिब ८ लाख मै काम सम्पन्न भएको बताए । अन्य सहयोगी सस्थाहरुले दिने भनेको सहयोग खर्ज नभएको उनले स्पष्ट समेत पारे । 

    सो सम्बन्धमा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहोराका अनुसार केहि प्राबिधिक समस्या र गोबरको कमि हुनाले बन्द भएको हो । नगर प्रमुख बोहराले भने मैले यो समस्या बारे नेपाल प्रहरी र नेपाली सेनाको ब्यारेक बाट निस्कने फोहोरलाई समेत कलेक्सन गरेर बायोग्याँस प्लान्ट लाई दिर्घकालीन रुपमा सञ्चालनमा ल्याउने कोशिसमा रहेको बताए । 

    करिब ७० घर धुरीलाई बितरण गर्ने लक्ष्यसहित नगरले बाँयोग्यास प्लान्ट गत श्रावणमा सञ्चालनमा ल्याएको थियो भने ५ घरमा बितरण समेत गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु