कैलालीको चिसापानी(कुइने सडक खण्डमा बुधवार साँझ मोटरसाईकल दुर्घटनाहुदा अछामका एक दम्पती मृत्यु

छिनोफानो   बिहिबार २६, पुष २०८० ०७:२७

कैलालीको चिसापानी(कुइने सडक खण्डको डङडंगेमा बुधवार साँझ मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
अछामको पञ्चदेव विनायक नगरपालिका( १ कुइकाका करीव ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

अछामबाट बर्दिया जाने क्रममा ढकालले चलाएको भे १३ प १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका ( ७ को पितमारी भन्दा करीव दुई सय मिटर उत्तरस्थित सडकबाट तीन सय  मिटर तल खसेको थियो ।

घट्नाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घट्ना स्थल पुगेको    थियो । उद्दार गरी चिसापानी पुर्याउन नपाउदै ढकाल दम्पत्तीको मृत्यु भएको बताईएको छ । मृत ढकाल दम्पत्तीको शव कर्णाली राफ्टिङ एन्ड एड्भेण्चर प्रालि द्धारा सञ्चालित राफ्टिङ बोटबाट राति करीव ११ बजे पीतमारी पुरयाईएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु