चिसापानी-जंगलघाट सडक हरिप्रसाद भण्डारीको नामबाट नामाकरण गर्न अछामी जनताको माग

छिनोफानो   शुक्रबार २७, पुष २०८० ०८:०४

 तत्कालीन अछाम  जिल्ला पंचायत सभापति स्वर्गीय हरि प्रसाद भण्डारीले कैलालीको चिसापानी ,जंगलघाट ,गैरिटाड हुँदै २०२४ सालमा अछाम सदरमुकाम मंगलसेनमा पहिलो पटक गाडी पुर्याएका थिए ।

सडक नै विकास प्रमुख  मुख्य आधार मान्दै भण्डारीले अछाममा  पहिलोपटक २०२४ साल चैत्रमा मोटर भित्र्याएका थिए । अछाममा पहिलो पटक मोटर भित्र्याएको पनि ५४ वर्ष पूरा भयो ।

तत्कालीन अवस्थामा अछामका पहाडमा सडक बनाएर गाडी चलाउनु लाइ निकै अनौठो मानिएको थियो ।

त्यो बेलाको समयमा विभिन्न पहाडी जिल्लाबाट  काठमांडौ मा पुग्दा तत्कालीन पञ्चायती नेता हरु ब्याक्तिगत स्वार्थ तथा फाइदाका लागी मात्रै लाग्ने गरेका थिए भने स्वर्गीय नेता भण्डारी  अछामका लागी राजा संग सडक र गाडी माग्नमा व्यस्त थिए ।

अछामलाई  राष्ट्रिय सडक सञ्जालमा जोडने सपना देख्दै भण्डारीले कर्णाली किनारै किनार  जंगलघाट हुदै तत्कालिन सरकारले दिएको रसियन जिप अछामको सदरमुकाम मंगलसैन सम्म पुरयाएका थिए ।

आफनै नेतृत्वमा पुर्वी अछामका जनता हरुको   सहयोगमा बाटो बनाउदै गाडी कुदाउदै जिल्ला सदरमुकाम पुर्याएका हुन् ।

जीवन यापन गर्न अरु अछामी नागरिक झै रोजगारीका लागी भारत पसेका भण्डारी त्यहाँ
सन्तुष्ट भएनन्  । भारत बाट  आफनो गाउँ  फर्केर राजनितिमा सक्रिए भएर लागे । अछाम जस्तो पहाडी जिल्लामा त्यो कठिन परिस्थितिमा मोटर पुर्याएका भण्डारीको योगदान बिर्सिदै जानू अछामी र समग्र सुदुरपश्चिमेलि जनताका लागी दु:ख को कुरा हो। स्वर्गीय भण्डारीको योगदानलाइ सम्मान गर्दै चिसापानी जंगलघाट,गैरिटाड मंगलसेन सडक खण्डको नाम हरिप्रसाद लोकमार्ग राख्न आवश्यक छ । अछामलाई राष्ट्रिय सडक सञ्जालमा जोडेर अछामलाई समृद्ध बनाउने सोच बोकेर हिडेका रचनात्मक तथा सृजनात्मक कार्यमा सक्रिय स्वर्गीय विकासवादी नेता भण्डारीको सपना पुरा गर्न सो सडकको नाम उहाँको नाम बाट राख्नु      पर्ने अछामी जनताको माग रहेको छ ।
स्वर्गीय नेता भण्डारीको सपना साकार गर्न र उहाँको स्मृतिमा सडकको नामाकरण गर्न अछामी जनताको दबाब समेत छ । यो सडक संचालनमा आएपछि अछाम ,दैलेख ,सुर्खेत ,बाजुरा ,कालिकोट सम्मका नागरिक हरुलाइ यात्रा गर्न सहज हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु