जिल्ला अस्पताल अछाममा अप्रेसन गर्ने सम्झौतामा ढाई लाँख तलब खान्छन डाक्टर बास्कोटा ,दुई वर्षसम्म एक अप्रेसन भयन,बिरामी सबै रिफर

पवन भण्डारी   शुक्रबार २७, पुष २०८० ०१:०२

पवन भण्डारी,धनगढी । जिल्ला अस्पतालमा अछाममा डाक्टर हुदाँहुदै पनि बिरामीले अप्रेसनका लागी अन्तै जानुपर्ने बाध्यता रहेको छ ।  एपेन्डिक्स,हाइड्रोसिल , हर्निया, मिनिल्याप र भ्यासेक्टोमी अप्रेसनका लागी जिल्ला अस्पताल अछाममा डाक्टर भएपनि अप्रेशनका लागी लाँखौ खर्च गरेर बाहिर जानु पर्ने बाध्यता स्थानियलाई छ । समाचार श्रोतका अनुसार यो अप्रेशनका लागी डाक्टर हुदाँहुदै पनि बिरामीले बाहिर जानुपर्ने अवस्था छ । डाक्टरले आयदेखि एक अप्रेशन समेत गर्नुभएको छैन समाचार श्रोतले भने । 

एपेन्डिक्सको अप्रेशन गर्न जिल्ला अस्पताल अछाम पुगेकी मंंगलसैन नगरपालिका ६ कि पार्बती भण्डारीलाई अस्पतालले अप्रेशनका लागी जिल्ला बाहर रिफर गर्यो । आर्थीक अवस्था कमजोर भयकी उनले उपचार डोटीको राजपुरमा रहेको सुजन अस्पतालमा भयो ।उनका भतिजा अम्मर भण्डारीले भने जिल्लाले रिफर गर्यो के गर्ने रिन कर्ज निकालेरै भएपनि ज्यान त बचाउनु पर्यो । जिल्लामा डाक्टर हुदाँहुदै पनि आफुहरुले अन्तगयर लाँखौ खर्च गर्नुपरेको उनले दुःखेसो पोखे  ।


त्यस्तैगरी मंगलसैनकै जनक ढुंगानाको पिडा पनि उस्तै छ एपेन्डिक्सको अप्रेशनका लागी जिल्ला हस्पिटलमा भर्ना भएको भएपनि उनको अप्रेशन हुन सकेन,उनी अप्रेशन  गर्नकै लागी नेपालगन्ज पुगे ।उनको सेन्टल सिटी हस्पिटलमा अप्रेशन  भयो ।उनले भने जिल्लामै अप्रेशन भएको भए मेरो दुई लाँख खर्च हुने थियन । डाक्टर छन काम गर्दैनन कस्तो बिडम्बना । त्यस्तै ढकारी गाँउपालिका ३ की दिलमाया बुढाको अप्रेशन पनि डोटीको राजपुरमा रहेको सुजन अस्पतालमै भयो  । यिनिहरु उदाहरण मात्र हुन यस भन्दा अगाडी कैँयौ बिरामी रिफर भईसकेका छन । 

जिल्ला अस्पताल अछाममा प्रमुख डा. रबि कुमार यादवले डाक्टर बास्कोटालाई आफुले पटक पटक आफनो जिम्मेवारी निभाउन आग्रह गरेको बताए ।उनले भने उहाँ आफनो कर्तब्यबाट बिमुख हुनुहुन्छ । सापकोटाले थपे उहाँले २४ घण्टा नै हस्पिटललाई टाईम दिन सम्झौता भएको छ तर उहाँ कुनै बेला बोलाँउदा पनि आउनु हुन्न । मैले दुई पटक सम्म सचेत गरायको छु तर अब तेस्रो  पटक यस्तैभए  कारबाही गर्छु । उनले भने सरुवा खुलेको छ सरुवा भईन भने  अप्रेशन सेवा सुरु गर्ने बताए । 

जिल्ला अस्पताल अछामका अध्यक्ष शिव बहादुर बोगटीले डाक्टर बास्कोटासंँग २४ घण्टा सेवा दिने र अप्रेशन समेत गर्नुपर्ने गरि मासिक २ लाँख ५० हजार तलबमा सम्झौता भएको बताए ।  उनले भने उहाँ आय देखी हालसम्म एक अप्रेशन सम्म भएको छैन । आफुले यो बिषयमा पटक पटक कुरा उठाँउदा उनले चाँसो नदिएको बताए ।

जिल्ला अस्पताल अछाममा एपेन्डिक्स,हाइड्रोसिल , हर्निया, मिनिल्याप र भ्यासेक्टोमी लगायतका बिरामी लाई सहजताका लागी डाक्टर सोनाली बास्कोटा छन । यो गुनाँसो बारे बास्कोटा सोध्दा आफु २४ घण्टा डिउटीमा रहने बताईन । 
उनले भनिन अप्रेशन गर्न आवश्यक सामग्री छैन मैले एक्लैले रिस्क लिन सकेन । मैले आफनो काम गरिरहेकी छु नभए सिसिक्यामरा चेकगर्दा नि भयो उनले भनिन ।

जिल्ला अस्पताल अछामले  बास्कोटा लाई मासीक २ लाँख ५० हजार तलब दिदै आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु