प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि

छिनोफानो   शनिबार २८, पुष २०८० ११:५२

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । पहिलो दिन आज तीन वटा खेल हुँदैछन् ।

कीर्तिपुरमा बाग्मती प्रदेश र नेपाल पुलिस क्लब, मूलपानीमा कोशी प्रदेश र मधेस प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । खेल कीर्तिपुर, मूलपानी र भैरहवाको सिद्धार्थ रङ्गशालामा हुनेछन् ।

प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् । हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु