धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले मदिरा सेवन गर्नकै लागी दुरुपयोग गरे नगरपालिकाको गाडी

पवन भण्डारी   शनिबार २८, पुष २०८० ०९:५१

पवन भण्डारी,धनगढी । धनगढी उप–महानगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले नगरपालिकाले चलाँउदै आएको सरकारी सवारी साधनको दुरुपयोग गरेका छन ।       उप–महानगरपालिकाले चलाँउदै आएका निजी नम्बर प्लेटका सवारी साधनको अधिकृत श्रेष्ठले दुरुपयोग गरेका हुन । सार्वजनिक बिदा एबम् शनिबारका दिन पनि श्रेष्ठले मनमर्जी रुपमा सरकारी सवारी साधनको दुरुपयोग गरेका हुन । 


      अधिकृत श्रेष्ठ लगायत तिन जना कर्मचारी नगरपालिकाको सवारी साधन सहित शनिबारको दिन गोदावरीको एक होटेलमा फेला परेका हुन  । सार्वजनिक सम्पतीलाई दुरुपयोग गर्दै शनिबार मदिरा सेवन गर्नका लागी उनीहरुले नगरपालिकाले भाडामा लिदै आएको सवारी मदिरा सेवनकै लागी प्रयोग गरेको भेटिएको छ । 
               नगरले भाडामा प्रयोग गर्दै आयको प्रदेश ७ –०१००१च४०५९ नम्बरको टाटाइभि कार धनगढी देखि गोदावरीको एक होटलसम्म मदिरा सेवन गर्न प्रयोग गरेको भेटिएको हो  । कारमा नगरपालिकाका प्रशासकीय अधिकृत श्रेष्ठ लेखा अधिकृत र अर्का एक कर्मचारी रहेको समाचार श्रोतले बताएको छ । 


          उनीहरुले नगरले भाडामा लिएको सवारी साधनलाई मदिरा सेवनको लागी प्रयोग गरेको समाचार श्रोतको भनाई  छ । यता धनगढी उप–महानगरपालीकाका प्रमुख गोपाल हमालले आफुलाई सो बारे जानकारी नभएको बताए । उनले भने हामीले तिस दिनको लागी मासीक ७५ हजार भाडामा गाडी लियका छौ तर त्यस्तो नहुनु पर्ने,उनले थपे “प्रशासकिय अधिकृत ७ गतेबाट अवकाश हुदै छन सायद लिनु भयो कि म बुझ्छु मेयर हमालले भने”  शनिबार धनगढी उप–महानगरपालिकाले प्रयोग गर्दै आएको प्रदेश ७ –०१००१च४०५९ नम्बरको टाटाइभि कार र प्रमुख प्रशासकिय अधिकृत सहित ३ जना गोदावरीको एक  होटलमा मदिरा सेवन गर्न  लागेकोे भिडियो छिनोफानो डटकम लाई प्राप्त भएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु