प्रधानमन्त्री कप : कोशी र नेपाल पुलिस, बाग्मती र मधेस तथा कर्णाली र सुदूरपश्चिम खेल्दै

छिनोफानो   मङ्गलबार ०२, माघ २०८० १०:२९

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदैछन् । आज कीर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल हुँदैछ ।

 मूलपानी क्रिक्रेट मैदानमा बाग्मती र मधेस प्रदेशको खेल हुँदैछ  । कर्णाली र सुदूरपश्चिमको खेल भने रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा हुँदैछ ।

हिजो भएका तीन वटा खेलमा एपीएफ, आर्मी र सुदूरपश्चिम विजयी भएका थिए । प्रतियोगितामा एपीएफ लगातार दोस्रो खेल जित्दै ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आर्मी २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सुदूरपश्चिम २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी २ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

प्रतियोगितामा पहिलो पटक ‘राउन्ड रोबिन’ अर्थात् सबै टोलीले एकअर्कासँग खेल्नेछन् । हरेक टोलीले एकअर्कासँग खेलेपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु