गोदावरी नगरपालिकामा एमालेको घेराउ

छिनोफानो   बिहिबार ०४, माघ २०८० ११:०१

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद भएको छ ।

एउटै भवन दुईपटक उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेपछि विवाद चर्किएको छ ।

मालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर वीरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेका छन् ।

प्रशासनिक भवन पुन: उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको एमालेले भने नगरपालिका घेराउ गरेको छ ।

एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिंदै नगरपालिका कार्यालय घेराउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले भवन उद्घाटनको विषयलाई लिएर विवाद सिर्जना भएको बताए ।

उनकाअनुसार एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु