दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस दुर्घटना

छिनोफानो   शुक्रबार ०५, माघ २०८० ०९:३४

 दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएका छन् । महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस शुक्रबार बिहान महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीस्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम छ । उनीहरूको दार्चुलास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु