कर्मचारी नहुदा थन्कियो त्रिभुवन स्वास्थ्य चौकीमा एक्सरे मेसिन

छिनोफानो   शुक्रबार ०५, माघ २०८० ११:४७

पवन भण्डारी,धनगढी । कञ्चपुरको पुनर्वास नगरपालिकामा रहेको त्रिभुवन स्वास्थ्य चौकीमा एक्सरे गर्ने कर्मचारी रेडियो ग्रफार नहुदा मेसिन थन्कियको छ । स्थानिय नागरिकलाई सहज होस भन्ने उद्येश्यका साथ सुरु गरेको एक्सरे सेवा बिगत केहि महिना देखि बन्द अवस्थामा रहेकोले नागरिकहरु सो सेवा लिन अन्तै जानु पर्ने बाध्यता रहेको छ । बिगत दुई बर्ष देखि नियमित रुपमा सेवा दिदै आयको भए पनि हाल सो सेवा बन्द भएको स्थानिय बिक्रम रावलले बताए ।

उनले भने बिगत केहि महिना देखि रेडियो ग्रफारको कोटा खाली छ सेवाग्राही सेवा लिन अन्तै जानु पर्ने अवस्था छ । लाँखौ लगानी गरेर खरिद भएको उपकरण खिया लागे अवस्थामा छ यस बारे  नगरले कुनै चाँसो देखायको छैन । आफुले पटक पटक यो बारे नगरपालीका मा जानकारी गरायपनि कुनै सुनुवाई नै नभएको उनले बताए ।

त्रिभुवन स्वास्थ्य चौकीका ईन्चार्ज लक्ष्मीराज जोशीले स्वास्थ्य चौकिमा रेडियोृ ग्राफर नहुदा गत  चैत्रबाट सो सेवा बन्द रहेको बताए । पहिलेको कर्मचारी रिटायर्ड हुनु भयो तेस पनि नयाँ m कर्मचारी आयको छैनन । डाक्टर पनि थियनन् एक दुई महिना भयो नयाँ डाक्टर आउनु भएको नगरपालीका लाई खबर गरेका  छौ सायद अब छिट्टै कर्मचारीको लागी बिज्ञापन खोल्छ होला ।

पुर्नवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले पहिले डाक्टर नहुदा रेडियो ग्राफर नराखेको बताए । अब डाक्टर पनि आईसक्नु भएको छ बजेटको ब्यावस्थापन गरेर चाँडै सो सेवा सुरु गछौ उनले भने । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु