महोत्सवमा नक्कली टिकट ठेली भेटिय पछि .........

छिनोफानो   शनिबार ०६, माघ २०८० १०:५३

अत्तरिया। कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट २८ वटा नक्कली टिकट ठेली बरामद गरिएको छ। आयोजकले नै महोत्सव स्थलको टिकट काउण्टरबाट नक्कली टिकट ठेली नियन्त्रणमा लिइएको हो।

विहिबार भेटिएका ति टिकट ठेली नियन्त्रणमा लिएको भएपनी सार्वजनिक र अनुसन्धान गरिएको छैन। आठौं संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो। बिहीबार फरक किसिमको टिकट ठेली भेटिएपछि टिकट बिक्रेता मदन भट्टले नै आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिवलाई खबर गरेको स्ववियू सभापति भुवन महराले बताएका छन।

उनले त्यसपछि ५ वटै टिकट काउण्टरमा ठेली चेक गर्दा २८ वटा नक्कली भेटिएको बताए। टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए । तर, ति २८ वटा टिकट ठेली कहाँबाट महोत्सवमा भित्रिए भन्ने अनुसन्धान भने गरिएको छैन । स्ववियू सभापति महराले टिकट ठेली फरक किसिमको वितरण गरिएको आफैले जानकारी गराउँदा उल्टै आफूहरूलाई टिकट काट्न रोक लगाइएको बताए। उनले आयोजकबाट ति ठेली वितरण भएकाले छानविन नगरी घटना गुपचुप गर्ने प्रयास भइरहेको बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु