डाेटीका एक विद्यार्थीलाई एमबीबीएस पढ्न आलेको आर्थिक सहयोग

छिनोफानो   आइतबार ०७, माघ २०८० ११:२८

काठमाण्डाै - नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गर्नु भएको छ ।

उहाँले डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिनुभयो।

एमबीबीएस पढ्न नाम निकालेका शिविकाे आर्थिक अवस्था कमजाेर रहेकाे छ । आलेकाे सहयाेगले शिविकाे पढाइमा सहायता पुग्ने रावलले बताउनु भयाे । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु