विष्णुसँग ब्रेकअप भएपछि एलिनाले भनिन्–त्यो प्रेम सम्झन चाहन्नँ

छिनोफानो   सोमबार ०८, माघ २०८० ०४:३४

काठमाडौँ । गायिका एलिना चौहान प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै ब्रेकअपको खबर बाहिरिएको छ । अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो । गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन् । 

‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो’, एलिनाले भनिन् ‘यो बिषय बाहिर आएको थिएन ।’ आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ । ‘ब्रेकअपपछि म केही समय तनावमा थिएँ । त्यसबाट पनि अहिले राहत पाइसकेकी छु’, उनले रातोपाटीसँग भनिन्, ‘अब म त्यो प्रेम सम्झन चाहन्न
करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो । दुबैले प्रेम खुलारुपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

एलिना र विष्णुको विवाहको कुरो समेत बाहिर आइसकेको अवस्थामा एकाएक ब्रेकअपको भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु