चर्चामा आयको २ दिनमै बिबादित बने सामाजिक बिकास मन्त्री साँउद,जनतालाई झुक्यायको आरोप

पवन भण्डारी   बुधबार १०, माघ २०८० १०:२७

केहि दिन अगाढी मात्र बयालपाटा अस्पतालमा डाक्टरको ब्यावस्था गर्छु भन्दै चर्चामा आएका सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउद यति बेला बिबादमा तानीयका छन  । बयालपाटा अस्पतालमा चिकित्सबको अभावमा सेवा अबरुद्ध भएको समाचारहरु प्रकाशन भएपछि मन्त्री साँउदले दुईदिन भित्र सो  अस्पतालमा डाक्टरको ब्यावस्था गर्ने प्रतिबद्धता जनायका थिए । तर मन्त्री साँउदले अछाम अस्पतालबाट नै चिकित्सक काजमा पठायपछि उनको चौतर्फी बिरोध भएको छ ।

मन्त्री साँउदले अन्य ब्यावस्थापन गरि चिकित्सक पठाउनुको छोडि जिल्ला अस्पतालको सेवा प्रभाबित गरेको आरोप मन्त्री साँउद लाई लागेको छ । सुदुरपश्चिम तथा कणाली प्रदेशका नागरिकहरु लाई समेत सेवा दिदै आएको थियो । न्याय हेल्थ नामक गैरसरकारी संस्था र सुदुरपश्चीम सरकारद्वारा सञ्चालित बयालपाटा अस्पताल आर्थिक संकटमा भएपछी सोही कारण अस्पतालमा कार्यरत शल्यक्रियामार्फत प्रसूति गर्ने एमडीजीपी डाक्टरले जागिर छोडेपछि सेवा बन्द भएको थियोे ।

प्रसुती सेवा बन्द भएपछि दुई दिनभित्र डाक्टरको व्यवस्था गर्ने आश्वासन दिएका मन्त्री साउदले उनकै निर्देशनमा जिल्ला अस्पताल अछाममा कार्यरत डाक्टर अतुल भारद्वाजलाई १ महिनाका लागि काजमा बयालपाटा अस्पतालमा पठाएर अछामि जनताका आखामा छारो हाल्ने काम गरेको स्थानियको भनाई छ । अछामी जनताले बयालपाटा अस्पतालमा नयाँ चिकित्सक आउछ भनेर सोचेका थिए तर जिल्ला अस्पताल अछामको सेवा प्रभावित हुने गरि डाक्टर बयालपाटा पठाएपछी चौतर्फी मन्त्री साउदको बिरोध भइरहेको छ । 

यसेै बिषयलाई लिएर मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराको सचिवालयले मन्त्री साउदले लाज कटाउन जिल्ला अस्पतालका डाक्टर बयालपाटा अस्पताल पठाएको बताएको छ । उनको सचिवायले अस्पताल माथिको अन्याय बन्द गर्न मन्त्री साँउद लाई चेतावनी दिदै यस्तै अवस्था रहे यसको परिणम नराम्रो हुने बताएको छ । 
मेयरको सचिवालय लेख्छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले आफ्नो लाज कटाउन जिल्ला अस्पताल अछामका डाक्टर बयालपाटा अस्पतालमा पठाउनु भए छ, यो भन्दा गैरजिम्मेवारी काम के होला ?? जिल्ला बासीले त अन्य क्षेत्र बाट मन्त्री ज्यू ले डाक्टर पठाउनुहुन्छ भन्ने आश गरेका थिए धन्य हो मन्त्री ज्यू जिल्ला अस्पताल अछामलाई तपाईंले धेरै ठुलो उपहार दिनुभयो, बयालपाटा अस्पताललाई आवश्यक बजेट दिनुहोस जिल्ला अस्पताल माथिको अन्याय बन्द गर्नुहोस मन्त्री ज्यू नत्र भने यसको परिणम राम्रो हुनेवाला छैन । 

मन्त्री साउद कै पार्टी नेकपा माओवादीको विद्यार्थी संगठनका अछामका अध्यक्ष लालबहादुर साउदले पनि मन्त्रीले गरेको सो कार्यको बिरोध गरेकाछन । उनले लेखेका छन । 
अछामको बयलपाटा अस्पतालमा दुइ दिन भित्र डाकटरको  ब्यबस्था गरिने भनेर सामाजिक संजाल मा छ्याप छ्यापि समाचार आयो  आम अछामी जन्ताको मनमा खुशि जाग्यो  यद्यपि दुइ दिन बित्दै गर्दा प्रदेस सरकार अछाम जिल्ला बाहिरबाट आउने भनिएको डाक्टर नपठाएर जिल्ला अस्पताल अछामको डाक्टर अतुल भारद्वाज लाइ एक महिनाको लागि  काजमा बयलपाटा अस्पताल पठाएको पत्र सहित बाचा पुरा भयो भनेर सामाजिक संजालमा पुःह समाचार सम्प्रेषण गरियो सदरमुकाम स्थित जिल्ला अस्पताल अछामको डाक्टर लाइ नै महिना काजमा खटाइ बयलपाटा अस्पतालमा आउने  सेवाग्राही  नागरिकको न्याय गर्न खोज्दा जिल्ला अस्पतालमा आउने सेवाग्राही  नगारिक माथि  अन्याय गर्न मिल्दैन यथाशिघ्र जिल्ला अस्पतालको डाक्टर को काज फिर्ता लिइ ,प्रदेस सरकार  बाट  डाकटर सहित आवश्यक बजेट को दिर्घकालीन रुपमा ब्यबस्थापन गर्नु पर्ने साँउदे लेखेका छन ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु