३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन, हाजिर हुन ताकेता

छिनोफानो   बुधबार १०, माघ २०८० १०:३६

काठमाडौं । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ ।

सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् । सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् 

गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु