अछाममा भालुको आक्रमणबाट २ युवती घाइते

छिनोफानो   बुधबार १०, माघ २०८० १०:५६

अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्।घाइते हुनेमा जिल्लाकाे रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्।

खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिनुभयाे ।

उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उहाँले बताउनुभयाे । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु