साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै मधेस प्रदेशका तत्कालीन सचिव र इञ्जिनियर दोषी ठहर

छिनोफानो   शुक्रबार १२, माघ २०८० ११:५५

काठमाण्डाै - मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।

साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको हिजोको इजलासले भुसाल र झालाई दोषी ठहर गरेको हो ।

अदालतले दुुवैलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिबाना तोकेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु