भट्टलाई हटाएर धामी बने दलको संसदीय दलको नेता, माओबादीमा तरंग

पवन भण्डारी   शुक्रबार १२, माघ २०८० ०१:२१

धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन गरिएको छ । शुक्रवार बिहान बसेको माओबादी प्रदेश संसदहरुको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो ।

सुदुरपश्चिम प्रदेशमा माओबादी केन्द्रबाट ११ जना प्रदेश सभा सदस्य रहेका छन । छ जना प्रदेश साँसदको बहुमत सहित मानबहादुर धामी दलको नेता बनेका हुन ।

यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको प्रदेश सभा सदस्य शिवसिह ओलीले जानकारी दिए । धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन । धामी सुदूरपश्चिम प्रदेशका पूर्व वनमन्त्री हुन । सुदूरपश्चिममा माओवादी केन्द्र  २ मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु