साहासी अनमी रावल र गिरी,जस्ले बाटो मै पुगेर बचाईन सुत्केरीको ज्यान

पवन भण्डारी   सोमबार १५, माघ २०८० ०१:५६

पवन भण्डारी, धनगढी  । अछामको मंगलसैन नगरपालिका ११ जुपुमा आईतबार राती १ बजे एक गर्भवती महिलाले बाटो मै सन्तान जन्मायकी छन । अस्थानिय कौसिल्ला बोगटीलाई  स्वास्थ्य चौकी लैजादै गर्दा बाटो मै बेथाले च्यापेपछि स्वास्थ्यकर्मीको सहयताले बाटो मै सन्तान जन्मायकी हुन ।

राती १ बजे सुत्केरी बेथा लागेकी उनलाई स्वास्थ्य चौकि पुग्न समय लाग्ने भएपछि स्वास्थ्यकर्मीहरु नै राती  उनी भएको ठाँउ सम्म पुगेका थिए ।  स्वास्थ्य चौकी जुपू बाट अनमी डिम्पल रावल र चन्द्रा गिरीले उनको प्रसुती बाटोमै गरायकी हुन । गाँउमा मानीसहरु नभएको र बोगटीको घर समेत एक्ले भएकोले उनलाई स्वास्थ्य चौकी पुग्न समस्या भएको स्वास्थ्य चौक िईन्चार्ज अर्जुन बोहोराले बताए ।

उनले भने घरमा सासु बुहारी मात्र रहेछन् उनीहरुले  आफन्तहरु लाई खबर गर्दागर्दै ढिला भईसकेको रहेछ पछि बाटोबाट आउदै गर्दा बिचबाटो मै सन्तान जन्मीयको बताए । महिलाहरुले राती स्टेचरमा हालेर आधाबाटो सम्म ल्यायको भएपनि पछि  बेथा बढि भएपछि स्वास्थ्यकर्मीहरु पुगेर राती १ बजे बिचबाटो मै सुरक्षीत प्रसुती गरायको उनले बताए । अहिले आमा र सिसुको अवस्था सामान्य रहेको उनले बताए ।  उनले भने बाटोमा प्रसुती भईसके पछि उनलाई स्टेचरमा समेत राखेर स्वास्थ्य चौकी पुगाउदै थप उपचार गरियको बताए । मंगलसैन नगरपालीकाले हरेक गर्भबती महिलाहरु लाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको भएपनि सो सेवा नागरिकहरुमा पुग्न सकेको छैन ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु