जुम्लाको तिला गाउँपालिकामा विवाहका लागि वडाको सिफारिश अनिवार्य

छिनोफानो   सोमबार १५, माघ २०८० ०५:४२

काठमाण्डौ – जुम्लाको तिला गाउँपालिकाले विवाहका लागि वडाको सिफारिश लिनुपर्ने अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाहको दर बढ्पछि पालिकाले वडाको सिफारिश अनिवार्य गरेको हो । कानुनीरुपमा विवाहका लागि २० वर्ष अनिवार्य गरिएको छ ।

सानो उमेरमा विवाह गर्दा आमा तथा बच्चाको ज्यानको जोखिममा पर्न थालेपछि वडाले गाउाँलिकाले वडाको सिफारिश अनिवार्य गरेको वडा नम्बर ६ का वडाध्यक्ष जंगबहादुर रोकायाले बताउनुभयो ।

दुई सय १३ घरधुरी रहेको वडा नम्बर ६ मा सिफारिश अनिवार्य गरेपछि वैशाखयता पाँच जनाले विवाहका लागि सिफारिश लिएका छन् । सिफारिश लिन आउनेले अनिवार्यरुपमा जन्मदर्ता प्रमाणपत्र निवेदनसाथ पेस गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु