सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदको नाममा प्रहरीमा जाहेरी

छिनोफानो   बुधबार १७, माघ २०८० ०९:१७

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदका नाममा प्रहरीमा जाहेरी परेको छ ।

बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदका नाममा जाहेरी दिएका हुन् । मन्त्री साउदले आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै उनले कैलाली जिल्ला प्रहरीमा जाहेरी दिएको जनाइएको छ ।

मन्त्री साउदले लेनदेन पनि नभएको ज्यान मार्ने धम्की पनि नदिएको प्रतिक्रिया दिए ।

कैलाली प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले यस विषयमा थप छानबिन हुने बताए । हामीले यस विषयमा छानबिन गरिरहेका छौँ उनले भने ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु