नगरप्रमुख बोहोराको दुःखेसो : कर्मचारीले निर्देशन पालना गरेनन्

छिनोफानो   शुक्रबार १९, माघ २०८० ११:०१

पवन भण्डारी धनगढी । अछामको मंगलसैन नगरपालिकका प्रमुख पदम बोहोराले नगरप्रशासनले आफुले दिएको निर्देशन पालना नगरेको बताएका छन । शुक्रबार बिहान रेडियो गाँउघरको बहसमुलक कार्यक्रमा बोल्दै मेयर बोहोराले भने मैले जति निर्देशन दिएपनि प्रशासन क्षेत्रले अटेरी गर्दै आयको छ,मलाई गिराउन खोजेको जस्तो मलाई लागेको छ । 


मेयर बोहोराले बजार क्षेत्रमा  रहेका सिसीक्यामरा मर्मतका लागी आफुले पटक पटक निर्देशन दिएको भएपनि कार्यान्वयन नभएको दुःखेसो पोखे । पत्रकार टेक बहादुर थापा सँग कुरा गर्देै प्रमुख बोहोराले भने मैले काम गर्न खोज्दा मलाई साथ दिने भन्दा खुट्टा तान्ने  धेरै छन । 

मंगसैनको समग्र बिकासका लागी आफु लागिरहेको बताउदै प्रमुख बोहोराले भने मैले काम गर्न खोज्छु मेरै प्रशासन शाखाका कर्मचारीले मलाई साथ  दिदैनन् । उनले निर्देशन पालना नगर्ने कर्मचारीबारे कार्यपालिकाको बैठकमा छलफल गरेर आवश्यक कारबाही अगाढी बढाउने बताए । 
नगरपालिकका प्रमुख पदम बोहोराको यो भनाई बाट स्पष्ट हुन्छ, प्रमुख र निमित्त प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र सोडारी बिच आपसी समन्वय हुदैन र सोडारीले उनको निर्देशन पालना गर्दैनन भन्ने ।   नगरको प्रशासन क्षेत्र र प्रमुख बिच मतभेद हुदा  बिकासका काममा ढिलासुस्ती हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु