डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख खड्का पक्राउ

छिनोफानो   आइतबार २१, माघ २०८० ०९:४९

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले चलाएको गाडीले एक जनालाई ठक्कर दिएको छ ।

धनगढीबाट दिपायल आउँदै गरेको दिपायल सिलगढी नगरपालिकाको से १ ज ३१७ नं। को गाडीले पैदलयात्री कैलालीको चुरे गाउँपालिकाका ५५ वर्षीय पदम सुनारलाइ ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

घटना चुरे गाउँपालिका–५ निगलाडी भन्ने ठाउँमा भएको हो । घाइतेको अवस्था सामान्य रहेको र उनको कैलाली अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ ।

नगरपालिकाको गाडी र चालक नगर प्रमुख इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु