मंगलसैन नगरपालिकाको बदमासी,काम एउटै बिल फरक फरक

पवन भण्डारी   सोमबार २२, माघ २०८० ०८:०४

पवन भण्डारी,धनगढी । आर्थिक मुनाफाका लागि स्थानियतहका  जनप्रतिनिधि र कर्मचारी कुन हदसम्म गिर्न सक्छन भन्ने उदाहरण मंगलसैन नगरपालिकाले प्रस्तुत गरेको छ । चोरी नियन्त्रण,अपराध रोकथाम गर्ने उद्येश्यले खरिद गरिएका सिसिटिभि क्यामरा खरिदमा नै उनिहरुले धपला गरेका छन । 

मंगलसैन नगरपालिकाले आर्थीक बर्ष ०७८÷०७९ मा मंगलसैन बजार क्षेत्रमा जडान  जडान गरेका सिसीक्यामराको बिलमा नै नगरपालिकाका कर्मचारीले सेटिङ गरेको तथ्य खुलेको हो । नगरपालिकाका कर्मचारीहरुले कमिसनको खेल खेल्दै फर्जिबिल हालेर भुक्तानी दिएको तथ्य खुलेको छ । सिसीक्यामरा जडानको जिम्मा पाएको आयुस ट्रेर्डस मंगलसैनले खरिद बिल र स्टार अडर एण्ड सप्लायर्स मंगलसैनबाट दुई ओटा खरिद बिल नगरपालिकामा रहेका छन । तर द स्टार अडर एण्ड सप्लायर्सका सञ्चालकले भने सो सिसीक्यामरा जडान आफुले नगरेको बिल मात्र दिएको प्रतिक्रिया दिएका छन । उनले भने आयुस ट्रेर्डसका सञ्चालकले खरिद बिल माग्नु भयो मैले दिए मैले क्यामरा जडान गरेको छैन । यो हेर्नुस द स्टार सप्लायर्स टेडसको बिल । 

आयुस ट्रेर्डस मंगलसैनले सो सिसीक्यामरा जडान गर्ने जिम्मा पाएको थियो ।  बिलहरुमा लागत भने समान नै रहेको छ  यो हेर्नुस आयुष टेडसको बिल । 

समान लागतमा बिलहरु पेस गरेर भुक्तानी हुनुमा कर्मचारीको सेटिङ खुलस्त रहेको देखिन्छ । नगरपालिका प्रमुख पदम बोहोराले सो बारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने मैले न भुक्तानी दिन मिल्छ,न मलाई यो बारे जानकारी छ , यदि यस्तो गलत गरियको भए कारबाही गर्छु । केहि दिन अगाडी मंगलसैन नगरपालिका प्रमुख बोहोराले आफुले दिएको निर्देशन समेत प्रशासन शाखाले पालना नगरेको प्रतिक्रिया रेडियो गाँउघरको कार्यक्रम साझा थलोमा कुरा गर्दै दिएका थिए । प्रमुख बोहोराको भनाईबाट प्रष्ट बुझ्न सकिन्छ प्रमुख र कर्मचारी बिच मतभेद रहेको छ । नगर प्रमुख र निमित्त  प्रसाशकिय अधिकृत बिचको मनमुटाबले नगरपालिकाको काममा ढिलासुस्ती हुने गरेको छ । 


नंगरपालिकामा यस भन्दा पहिले प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल लाई समेत काम गर्ने वातावरण नभयर ३ महिनामा उनले सरुवा लियको आकँलन नागरिकले गरेका  छन । तर प्रमुख प्रशासकिय अधिकृत पौड्ेलले आफुले गरेको काममा केहि कर्मचारीमा जलन भएपनि आफुले सरुवा मागेको बताए । उनले भने मैले कर्मचारीको कर्तव्य पालना गर्न आदेश दिए कसैलाई मन नपरेको थियो,उनीहरु जलन थिए,मलाई सरकारले पठायको हो, म सरुवा मागेर गएको हु । मलाई काम गर्ने बेला कुन पार्टि र कस्को पक्षको हो भन्ने थुप्रै आकँलन  गरियका थिय प्रश्न समेत आए मैले भने म जनताको सेवा गर्ने  सेवक हु कुनै पार्टिको होईन । 

मंगलसैन नगरपालिकामा यस्ता थुप्रै गलत काम भएपनि बाहिर आउन नसकेको नागरिकको गुनाँसो छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु