बेहडाबाबामा हेलिकप्टरबाट पुष्प वर्षा गरिने

छिनोफानो   सोमबार २२, माघ २०८० ०९:४७

शिवरात्रीको अवसर पारेर धनगढी उपमहानगरपालिकाको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर परिसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।  साथै सो दिन सवा दुई करोड द्विप प्रज्ज्वलन समेत गरिने भएको आयोजकले जनाएको छ ।

सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बेहडाबाबा पुष्प वर्षा कार्याशाला उपसमितिले  यस्तो जानकारी दिएको हो । बेहडाबाबा मन्दिर ब्यबस्थापन सेवा समितिको संरक्षकत्वमा कार्यक्रमको आयोजना गरिने बताउदै आयोजक समितिका अध्यक्ष नरेन्द्र शाहले उक्त अवसरमा नेपाल भारतका करिब तीन लाख भक्तजनको उपस्थिति रहने बताए । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र ३ क्विन्टल फुलको करिब २ लाख गरि १३ लाख रुपैया खर्च लाग्ने अध्यक्ष शाहले  बताए । उनले उक्त कार्यका लागि सबैलाई आर्थिक सहयोगको अपिल समेत गरे । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु