राजाराम भाट बचाँउ अभियानमा आयोजक र भाट बिच बिबाद, भाट भन्छन आर्थीक हिनामिना भयो

पवन भण्डारी   बुधबार २४, माघ २०८० १०:३६

धनगढी । राजाराम भाट बचाँउ अभियानमा आयोजक र पिडीत भाट बिच बिबाद, भएको छ ।  भारतको मुम्बै र सुरतमा सञ्चालन गरियको सुदुरपश्चिम प्रदेशका चर्चित गायक राजराम भाट बचाँउ अभियानमा आयोजकले आर्थीक अनियमितता गरेको भन्दै भाटले आरोप लगायपछि बिबाद बढेको हो  । दुबै मृर्गौला पिडित भाटको उपचारमा आर्थीक अभाब सिर्जना भएपछि समाजसेबि रत्न कमल बिष्ट पिपलकोटीले राजराम भाट बचाँउ अभियान सञ्चालन गरेका थिए । भारतका बिभिन्नका बिभिन्न ५ ठाँउमा बचाउ अभियान अन्र्तगत कार्यक्रम गरियको थियो । 

सो कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका टिका सानुको समेत उपस्थीती रहेको थियो । बिभिन्न शहरहरुमा गरियका कार्यक्रममा गायक भाट स्वयंम उपस्थीत रहेका थिए । तर कार्यक्रममा सहयोगीहरुले आफुहरुलाई गरेको सहयोग आयोजकले आफुलाई नदिएर खर्ज गरेको आरोप गायक भाटले लगाउदै आएका छन । 

उनले संकलन भएको रकम मध्ये आफुलाई थोरै मात्र दियर अन्य रकम सबै आयोजकले के गर्यो सो बारे जानकारी नै नभएको प्रतिक्रिया दिदै आयका छन । तर आयोजक समेत रहेका सामाजिक अभियान्ता रत्नकमल बिष्टले आफुहरुले सुरतका कार्यक्रममा खर्ज कटायर बचेको रकम भाट लाई बुझायको बताए ।

उनले भने सुरतमा गरेका ३ कार्यक्रमको बारे  भाटले बिबाद गर्नु भएको तर सो सोसाईटीले आय ब्याय सार्बजनिक गरेको छ । उक्त कार्यक्रमबाट मैले ३४ हजार ८ सय लियको छु मेरो खर्ज भएको पैसा सोसाईटीका पदाधिकारीहरुले मलाई दिनु भएको हो उनले भने  । आयोजक बिष्टले मुम्बै र सुरतका कार्यक्रमबाट संकललित ४ लाँख २० हजार भाट लाई बुझायको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु