सिसिटिभी बदमासी प्रकरण : नगरपालिकाको झारो टार्ने ३ पेजको प्रेस विज्ञप्ती

पवन भण्डारी   बुधबार २४, माघ २०८० १०:१०

धनगढी । मंगलसैन नगरपालिकामा बदमासी नियन्त्रणका लागी जडान गरिएका सिसिटिभी क्यामेरा खरिदमै बदमासी भएको वारे प्रकाशित समाचारको खण्डन गर्दै नगरपालिकाले एक विज्ञप्ति जारी गरेको छ । 

छिनोफानो डटकम र पश्चिम रैवारमा सिसिटिभी क्यामेरा खरिदमा बदमासी भएको बिषयमा समाचार प्रकाशित भएपछि नगरपालिकाले त्यसको खण्डन गर्दै विज्ञप्ती जारी गरेको हो । 

नगरपालिकाका सरकारका प्रवक्ता बृख बोगटीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत नगरले समाचारमा सत्यता नरहेको दाबी गरेको छ भने व्यक्तिगत रिस,कुण्ठा,आवेगको माध्यमबाट भ्रम सिर्जना गरि पानी धमिल्याएर माछा मार्न खाज्ने प्रबृति देखियको आरोप लगाएको छ ।

तर नगरपालिकाले समाचारको खण्डन गर्दै प्रकाशित गरेको प्रेस विज्ञप्ति र समाचारको अन्र्तभाव बिच भने कुनै तालमेल मिल्दैन । एक पसलको बिल पेश गरि अर्को फार्मका संचालकले सिसिटिभी क्यामेराको कारोबार गरेको कुरा सतहमा आएसंगै छिनोफानो डटकम र पश्चिम रैवारले सिसिटिभी क्यामेरा खरिदमा बदमासी भएको दाबी सहित समाचार प्रकाशन गरेको थियो । 

नगरपालिका जस्तो जिम्मेवार स्थानिय सरकारबाट हुने सार्वजनिक खरिद जस्तो कार्यमा एक पसलको बिल पेश गरि अर्का फार्मका संचालकले कारोबार गर्नु आफैमा बदमासी हो । 
सिसिटिभी खरिदमा बदमासी भएको ठोकुवा गर्ने आधार 
द स्टार अर्डर सप्लायर्सले आफुले बिल मात्र उपलव्ध गराएको उल्लेख गर्नु ।
मंगलसैन नगरपालिका स्वंयमले उपलब्ध गराएको सूचना अनुसार द स्टार अर्डर एण्ड सप्लायर्सबाट क्यामेरा,मनिटर च्यानल,केवुल पोल बक्स सहितका ४ लाख ९८ हजार ८५० का सामाग्री खरिद गरिएका छन । तर उक्त सप्लायर्सका संचालक स्वंयमले आफुले क्यामेरा नबेचेको तर सप्लायर्सको बिल मात्रै आयुष ट्रेडर्स मंगलसैनलाइ उपलव्ध गराएको उल्लेख गरेका थिए । 
सो अडियो रेकर्ड सुरक्षित रहेको छ ।
एक सप्लायर्सको बिल पेस गरि अर्कै पसलले क्यामेरा उपलव्ध गराउनु स्वतः बदमासी हो । झन नगरपालिकाबाट भुक्तानी हुने कार्यमा यस प्रकारको काम हुनु अर्काे बदमासी हो । फरक फरक फार्म संग सम्झौता गरेको भएपनि बिल भने एउटै मिती २०७८ असोज २४ गते काटीएको छ । यो कसरी ? अब नागरिकले के सोच्ने ? 
बिल सहित अडियो सुरक्षित रहेको छ । यस सँग आवश्यक प्रमाणहरु हामीसँग सुरक्षित छन  । 
हामीले सिसिटिभी क्यामेराका बदमासी भएको दाबी गर्न माथिका प्रमाणहरु काफी छन । प्रमाणका आधारमा प्रकाशित भएको समाचारलाई खण्डन गर्न नगरपालिकाले जोड लगाएर मिहिनेत गरेको भन्ने देखिन्छ । तर समाचारको मुख्य विषय वस्तु एक पसलको बिल पेश गरि अर्को पसलले सामाग्री बेचेको विषयमा भने विज्ञप्तिमा २ शव्द समेत समेटिएका छैनन् । 
नगरपालिकासँग सम्झौता भई भुक्तानी समेत भई सकेका सप्लायर्सका संचालक स्वंयमले आफ्नो पसलबाट क्यामेरा खरिद नगरिएको तर बिल भने दिएको बताउनु के मजाकको विषय हो र ? 

बिल एक पसलको,सामान अर्कै पसलको विषय नै यस समाचारको मुख्य विषयबस्तु हो । तर नगरपालिकाले भने  समाचारको मुख्य चुरो कुरोको प्रवाह नै नगरी मिडियामाथी बिभिन्न आरोप प्रत्यारोप सहित ३ पेज लामो विज्ञप्ती सार्वजनिक गरेको छ । यसरी सार्वजनिक गरिएको  विज्ञप्तीमा नगरले कर्मचारीको  बचाँउ गर्दै सो कार्यमा आफुहरुको मिलोमतो रहेको भन्ने पुष्टी गरेको देखिन्छ । नागरिकले कर्मचारीको विषय नगरपालिकाले छानबिन गर्नु पर्छ या विज्ञप्ती निकाल्दै बचाँउ गर्नु पर्छ यो बारे प्रष्ट हुन जरुरी देखिन्छ ।   
यसरी हेर्दा नगरपालिकाको ३ पेजको प्रस विज्ञप्ति आफैमा झारो टार्ने खोस्टो जस्तै देखिन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु