राजाराम भाटको मृगौलामा सामान्य समस्या,खानपिनमा ध्यान दिए ठिक हुने चिकित्सकको भनाई, अभियान कमाउने धन्दा (रिर्पोट सहित)

पवन भण्डारी   बिहिबार २५, माघ २०८० ११:२४

धनगढी । सुदुरपश्चिम प्रदेशका चर्चित गायक राजराम भाट बचाँउ अभियानमा नै कमाउने धन्दा रहेको पुष्टी भएको छ ।  दुबै मृर्गौलाले करिब ७० प्रतिशत काम गर्न छोडेको र ३० प्रतिशत मात्र काम गरेको र भाटको उपचारमा आर्थीक अभाब सिर्जना भएको भन्दै अभियान सञ्चालन गरियको थियो । छिनोफानो डटकम लाई प्राप्त गायक भाटको मेडिकल रिर्पोट अनुसार उनको मृगौलामा सामान्य समस्या रहेको र खानपिनमा ध्यान दिएर नियमित औषधी सेवन गरे ठिक हुने चिकित्सकले बताएका छन । 

करिब ७० प्रतिशत दुबै मृगौला फेल भएको र ३० प्रतिशतले मात्र काम गरेको भन्दै गायक भाटले बिभिन्न भिडियो तथा अडियोमा सार्बजनिक गर्दै आएका छन । चिकित्सकका अनुसार रिर्पोट अनुसार सामान्य मृर्गौलामा समस्या देखियको हो डाईलासिस गर्नु पर्ने अवस्था छैन खानपिनमा ध्यान दिए ठिक हुन्छ । गायक भाटले आफु मृर्गौला फेल भई आर्थीक अवस्था बाट निकै गुज्रियकोले सहयोगका लागी सामाजिक सञ्जाल मार्फत आग्रह गरेका थिए । 

साथै उनको सहयोगका लागी सामाजिक अभियान्ता रत्नकमल बिष्टले राजाराम भाट बचाँउ अभियान सञ्चालन गरेका थिए । मुम्बै र सुरतका बिभिन्न ५ ठाँउमा राजाराम भाट बचाँउ अभियान अन्र्तगत कार्यक्रम गरियका थिए । सो कार्यक्रममा गायक भाट स्वयंम उपस्थित रहेका थिए । गायक भाटले अभियानमा आफुलाई सहयोग उठेको रकम आयोजकले आफुलाई थोरै दिएर बाकि आफै खाएको आरोप लगाय थिए । 

सो समन्धमा छिनोफानो डटकमले समाचार प्रकाशन समेत गरेको थियो । समाचार प्रकाशन भई सकेपछि राजाराम भाट सोचे जति बिरामी नभएको र अभियान चलाउनु पर्ने सम्मको अवस्था नरहेको भन्दै गायक भाट र अभियान्ता बिष्टको समेत चर्को आलोचना भएको थियो । सो बारे आयोजक रत्नकमल बिष्टलाई जानकारी लिदा उनले भने म सँग फोन गरेर रुनु भयो  त्यो अवस्थामा उनका रिर्पोट माग्ने कुरापनि भएन मैले सामाजिक सञ्जाल तथा चिने जानेका भारतमा बस्ने  नेपाली दाजुभाई सँग सहकार्य गरेर अभियान चलाँए । 

करिब ५ ठाँउमा कार्यक्रम गरेर हामीले ४ लाँख २० हजार रुपैया गायक भाट लाई हस्तान्तरण गरेका छौ उनले मलाई पैसा खायो भन्ने सम्म आरोप भाटले लगाउनु भएको छ  । मलाई रिर्पोट बारे कुनै जानकारी नै नभएको र रिर्पोट बारे नबुझेर बचाँउ अभियान सञ्चालन गर्नु आफनो भुल भएको बिष्टले स्विकार गरेका छन ।  गायक राजाराम भाट लाई सहयोग स्वरुप देश बिदेश बाट सहयोगी दाताहरुको सहयोग अझै पनि जारी रहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु