फेशबुकले उणायोको म्युजिक भिडियो सार्बजनिक पछि गायक भण्डारी भन्छन गित अनुसारको काम गर्दैनन् (भिडियो सहित)

छिनोफानो   बुधबार ०२, फागुन २०८० ०९:१५

धनगढी । डेउडा  गायक राम प्रसाद भण्डारीको जनचेतना मुलक डेउडा गित फेशबुकले उणायोको म्युजिक भिडियो सार्बजनिक गरियको छ । बिषेस डिजिटल रेर्कडिङ स्टुडियो बाट रेर्कड भएको उक्त गितमा स्वर स्वंयम गायक राम प्रसाद भण्डारीको रहेको छ भने उनलाई गायीका निरुता खत्रीले साथ दियकी छन । लय शब्द समेत गायक भण्डारीकै रहेको छ । 
बिषेश फिल्मस प्रालीको युटुब च्यानलबाट बजारमा आयको उक्त गित बझाँङ जिल्लामा छायांकन गरियको छ । सुरेश नेपालीको निर्देशनमा रहेको उक्त गितमा अभियनय सुरेश नेपाली र सुमित्रा नेपालीको रहेको छ । गितलाई थापा कमल बिबेकले छायांकन तथा सम्पादन गर्नु भएको छ । अछाम जिल्लामा मंगलसैन नगरपालिका वडा नम्बर ६ मा जन्मनु  भएका गायक भण्डारीले यस भन्दा अगाडी पनि थुप्रै गितहरु बजारमा ल्याई सक्नु भएको छ । 
दर्जन बढि गितमा आफनो स्वर दिई सक्नु भएका भण्डारी हाल प्रबासको राजकोट लाई कर्मथलो बनाई बस्दै आउनु भएको छ । फेशबुकले उणायो गित बजारमा आईसके पछि छिनोफानो डटकमले गायक भण्डारीलाई यो गित भित्र रहेको रहस्य के हो ? भनेर सोधेका थियौ उनले भने “कुनै बेला फेशबुक लाई सुचनाको प्रमुख श्रोतको रुपमा लिएका नागरिकले अहिले भने गलत प्रयोजन गर्दै समाजमा अपच्य खालको सन्देश गईरहेको यर्थाथ चित्र गरेको बताए ।”
पछिल्लो समय फेसबुक मार्फत भएका घटनाक्रम लाई नियाल्दै आफुले सो गित सृजना गरेको उनले बताए । गित संगीत क्षेत्रका बारे तपाईको धारणा के छ ? भन्ने प्रश्नमा उनले भने आफुहरु प्रबासमा बसेर आफनो कला सस्कृतीको जर्गेनाका लागी जे जति काम गरे पछि म्युजिक भिडियो देखि अडियो सम्मको काम गर्नेले सोचे अनुसारको काम नगरेको गुनाँसो गरे । 
आफुहरु प्रबासमा बिभिन्न काम गरेर भएपनि कलासस्कृती जर्गेनाको लागी लगानी गर्छौ तर नेपालबाट काम गर्नेहरुले आफुहरुको लगानी बारे चाँसो नलियरै प्रवासी कलाकार प्रति सोैतेनो ब्याबहार गरे जस्तो आफु लाई लागेको गुनाँसो पोखे  । नेपाली गित सँगीत लाई माया गर्ने धेरै प्रबासीहरु प्रबासमा रहेका छन उनिहरु लाँखौ लगानी गर्छन तर नेपालबाट काम गर्नेहरु काम राम्रो गर्दैनन उनले भने । 

 (भिडियो सहित)

https://www.youtube.com/watch?v=NUynzchrIIY

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु