सहकर्मीबाट बलात्कारको आरोप लागेपछि पक्राउ परे काठमाडौं जिल्ला अदालतका अधिकृत

छिनोफानो   बुधबार ०२, फागुन २०८० ०३:३२

काठमाडौं। काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।

स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन्।

ललितपुर प्रहरी प्रमुख शेखर खनालले गजमेर पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु