बझाङमा जीप दुर्घटना, तीन जना घाइते ,एक जनाको अवस्था गम्भीर

छिनोफानो   बिहिबार ०३, फागुन २०८० ०९:१७

बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप अहिले साँझ अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरु तीनै जनाको उपचार जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु